चीनले ताइवान नजिकै जहाज तैनाथ गरेपछि अमेरिका चिन्तित « Khabarhub

चीनले ताइवान नजिकै जहाज तैनाथ गरेपछि अमेरिका चिन्तित


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानको पूर्वमा पर्ने समुद्री क्षेत्रमा चीनले आफ्ना तटरक्षक जहाजहरू तैनाथ गरेपछि अमेरिकाले गहिरो चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले चीनको यो कदमलाई क्षेत्रको स्थिरता बिगार्ने प्रकृतिको रूपमा वर्णन गर्दै बेइजिङलाई ताइवानमाथिको दबाबको अभियान रोक्न आग्रह गरेको छ ।

चिनियाँ तटरक्षक बलले शुक्रबार ‘शिउसान’ नामक जहाजको नेतृत्वमा ताइवानको पूर्वमा गस्ती बढाइएको जनाएको छ । चिनियाँ पक्षले ताइवान जलडमरूमध्यका दुवै तर्फका माछा मार्नेहरूको वैध अधिकार, हित, जीवन र सम्पत्तिको सुरक्षा गर्न यो कदम चालिएको दाबी गरेको छ । गत जुलाईदेखि नै यस क्षेत्रमा चिनियाँ गतिविधिहरू बढेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ताइवानले शान्तिपूर्ण रूपमा प्रशासन चलाउँदै आएको समुद्री क्षेत्रमा चीनले आफ्नो अधिकार जमाउन खोज्नुले तनाव बढाउने र शान्तिपूर्ण समाधानका प्रयासहरूलाई कमजोर बनाउने बताएका छन्। उनले बेइजिङलाई ताइवानमाथिको दबाब अन्त्य गरी ताइवानका लोकतान्त्रिक रूपमा निर्वाचित अधिकारीहरूसँग अर्थपूर्ण संवाद गर्न आग्रह गरेका छन्।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि ताइवानको यथास्थितिमा कुनै पनि परिवर्तनको समर्थन नगरिने र यसलाई बदल्ने कुनै पनि बलपूर्वक प्रयासको विरोध गर्ने स्पष्ट पारेका छन्। अमेरिका र चीनबीचको कुनै पनि किसिमको द्वन्द्व दुवै देश र सम्पूर्ण विश्वका लागि विनाशकारी हुने उल्लेख गर्दै उनले सम्बन्ध कायम राख्दै द्वन्द्वको जोखिम कम गर्न संवादको आवश्यकता औँल्याएका छन्। ताइवान पक्षले पनि आफ्ना जहाजमार्फत चिनियाँ गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ४ : ३३ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा