रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा « Khabarhub

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर अजयप्रसाद सिंहको १३ दिन बितिसक्दा पनि अत्तोपत्तो नपाउँदा परिवारजनमा छटपटी र चिन्ता बढेको छ। जनकपुरधाम निवासी उनकी श्रीमती पूजा साहले श्रीमान्‌को खोज तथा उद्धारका लागि स्थलगत रूपमा ड्रोन र प्रभावकारी रेस्क्यु टोली परिचालन गरिदिन सरकार र सम्बन्धित निकायसँग भावुक अपिल गरेकी छन्।

रसुवास्थित युटी २१६ एमडब्लु डुसन पावर हाउसमा कार्यरत इन्जिनियर सिंह गत भदौ १० गतेको बाढीपछि बेपत्ता भएका हुन्। श्रीमान्‌ जीवितै र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै भनिन्, “तिमी जहाँ छौ, जस्तै छौ, मलाई खबर गर। म आफैँ आउँछु तिमीलाई लिन। बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ।” उनले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको पर्खाइमा रहेको बताएकी छन्।

सिंहको खोजीका लागि परिवारले मैलुङ बजार, क्याम्प आसपास, ठाडेगाउँ, राम्चे, ग्राङ, कालिकास्थान, धुन्चे र मैलुङडाँडालगायतका जङ्गल तथा पहाडी क्षेत्रमा ड्रोन र जनशक्ति परिचालन गर्न माग गरेको छ। आश्वासन पाए पनि समयमा उद्धार टोली घटनास्थल नपुगेको भन्दै पूजाले दिनभर कार्यालय धाउँदा धाउँदै आफूहरू थाकिसकेको बताइन्। “हामीलाई आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ,” उनले भनिन्।

यसैबीच, भोटेकोशी बाढीमा परेर मधेस प्रदेशका मात्रै २२० जना हराएकामा अहिलेसम्म ३८ जना सम्पर्कमा आएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार बेपत्तामध्ये दुई जनाको शव फेला परेको छ भने १८० जना अझै सम्पर्कविहीन छन्।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ९ : ०८ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक