सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग « Khabarhub

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ । 

नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पुर्‍याएर  ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । 

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय  महासंघ (आइएफआरसी) को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ । ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारी लगायत स्वयंसेवकले वितरण गरेका थिए । 
 
उनले भने, ‘भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन् । स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङको बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन् । यसक्रमा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ ।’

आजदेखि रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालनमा

सोसाइटीले बाढीप्रभावित नुवाकोटको विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आजदेखि रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदै छ ।

नुवाकोट आदर्श बहुमुखी क्याक्पस  बट्टार परिसरमा सञ्चालन हुने सो क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढीप्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिने छ । 

सोसाइटीले दिएको जानकारीअनुसार यस्तो सेवामा बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि सेवा, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र प्रेषण (रेफरल) रहेका छन् ।  रासस
 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ९ : ४० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक