गुमेको दृष्टि फर्किँदा… « Khabarhub

गुमेको दृष्टि फर्किँदा…


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधी खुसी भए । 

यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उनी आधारभूत अस्पताल पुगेका थिए ।

शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि फर्किदा  ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिन्थे । उनले भने,  ‘मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु । यो भन्दा अरु खुसी के हुन सक्छ ।   विगतमा आँखा उपचार गर्न भारत जानुपर्दथ्यो । अहिले आगनमै सेवा पाउन थालिएको छ । त्यो पनि पैसा पर्दैन ।’ 

त्यस्तै, महाराजगन्ज –१ की ६५ वर्षीया राधा कोरीले पनि गुमेको दृष्टि फर्किएपछि खुसी व्यक्त गरिन् । लामो समयदेखि पुनः आँखा देख्न पाउने आशा हराइसकेको बताउँदै उनले शल्यक्रियापछि  पुनः उज्यालो भएकोमा खुसी लागेको बताइन् । 

महाराजगन्ज नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट डेढ सयभन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 

एटलस एलाइन्स नर्वेको आर्थिक  सहयोग तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक समन्वयमा नगरपालिकाको आधारभूत अस्पतालमा सो शिविर  सञ्चालन गरिएको थियो । 

शिविरमा बिरामीको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सँगै औषधि र कालो चस्मासमेत उपलब्ध वितरण थियो ।  शिविरमा आएका बिरामीका लागि खाना, बसोबास तथा यातायातको समेत निःशुल्क व्यवस्था गरेको थियो ।

शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि नगरपालिकाका वडा नं. २, ३, ४ र ११ मा एक ÷एक दिने प्रारम्भिक आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । 

ती शिविरमा १८५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिए । 

पहिचान भएका बिरामीमध्ये छनोट गरिएका डेढ सयभन्दा बढीको आधारभूत अस्पतालमा शल्यक्रिया गरिएको हो ।

नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी नगरभित्रै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिए । नगरवासीसँग गरेको प्रतिबद्धताअनुसार स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

नगरप्रमुख खाँका अनुसार विसं २०७४ देखि नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । हालसम्म नगरपालिकाभित्र १० हजारभन्दा बढीको आँखा शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

शल्यक्रियापछि नगरप्रमुख खाँ, उपप्रमुख रीताकुमारी चौधरी (कुर्मी) तथा वडा नं १ का वडाध्यक्ष प्रमोद चौधरीलगायतले बिरामीलाई कालो चस्मा वितरण गरेका थिए । 

उपप्रमुख चौधरीले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीतिअनुसार विगतदेखि नै निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताइन् । 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : २९ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक