सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य « Khabarhub

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले पूरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा२६१ रन बनाएको हो ।

लगातार तीन खेलमा विजयी भएर समेमिफाइनल प्रवेश गरिसकेको नेपालका लागि कप्तान सन्दीप लामिछाने र शेर मल्लले राम्रो बलिङ गरे पनि हङकङले नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको हो ।

हङकङका लागि बाबर हायतले शतक बनाए । १२६ बलको सामना गर्दा समान सात–सात चौका र छक्का प्रहार गरेका उनले नटआउट ११७ रनको उत्कृष्ट इनिङ खेलेका हुन् । त्यसैगरी शहिद वासिफले ४५ रन जोड्दा एहसान खानले आठौ विकेटका लागि बाबरसँग १२८ रनको उत्कृष्ट साझेदारी गर्दै ३५ रन थपे । यी दुई ब्याट्सम्यानले साझेदारी तोड्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो । अन्तिम ओभरमा मात्र नेपाली बलर गुल्सन झाविरुद्ध बाबरले दुई चाैका र तीन छक्का प्रहार गरे।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार विकेट हात पारे । १० ओभर बलिङ गर्दा ४४ रन दिएर उनले ४ विकेट हात पारेका हुन् । समान १० ओभर बलिङ गरेका शेर मल्लले २७ रन खर्चिएर तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका दिपेन्द्रसिंह ऐरीले एक मेडन राख्दा बिना विकेट ३६ रन खर्चिए भने समान ओभर बलिङ गरेका ललितनारायणा रााजवंशीले दुई मेडन रााख्दै बिना विकेट ४७ रन खर्चिए ।

नेपालका लागि करण केसी र गुल्सन झा महंगा सावित भए । सात ओभर बलिङ गर्दा करणले बिना विकेट ६२ रन दिँदा गुल्सनले तीन ओभर बलिङ गर्दा ४० रन खर्चिए । नेपालले केही बेरमा हङकङले दिएको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्दैछ ।

आइतबारदेखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा बहराइनलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

तीन खेलमा विजयी भएको नेपाल समूह ‘ए’को नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्‍याउने सोचमा छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १० : ३९ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता