जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क « Khabarhub

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीहरूले डाइक्लोरोसिलेन चीनमा डम्पिङ गरेको र त्यसबाट चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ।

मन्त्रालयका अनुसार अधिकांश जापानी कम्पनीका लागि एन्टि–डम्पिङ शुल्कको दर ९९.२ प्रतिशत निर्धारण गरिएको छ। जापानी कम्पनी डेनल सिलेनका लागि भने ८०.८ प्रतिशत शुल्क तोकिएको छ।

चीनले गत जनवरीमा जापानबाट आयात हुने उक्त रसायनबारे एन्टि–डम्पिङ अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानपछि चीनले अस्थायी शुल्क लगाउने निर्णय गरेको हो।

जापानले चीनको निर्णयप्रति कडा आपत्ति जनाएको छ। जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनसँग उक्त उपाय फिर्ता लिन आग्रह गरिएको बताए ।

किहाराका अनुसार जापानले चीनले अपनाएका निर्यात नियन्त्रणसम्बन्धी कदमको उचित जवाफ दिनेछ।

जापान र चीनबीच ताइवानलगायतका विषयमा पछिल्लो समय कूटनीतिक तनाव बढिरहेका बेला चीनको पछिल्लो व्यापारिक कदम आएको हो। यसले दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धमा थप तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयले अस्थायी एन्टि–डम्पिङ शुल्क कति समयसम्म कायम रहने वा अनुसन्धानको अन्तिम निर्णय कहिले सार्वजनिक गरिने भन्नेबारे समयसीमा तोकेको छैन।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  १२ : २६ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक