कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन « Khabarhub

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि तय गरिएको कार्यतालिका संशोधन गरेको हो ।

परिमार्जित कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा हुने भएको छ। निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार दुई दिनमध्ये कुनै एक दिन अधिवेशन गर्न सकिने जनाएको छ ।

यसअघि वडा अधिवेशन २४ भदौमा गर्ने गरी कार्यतालिका परिमार्जन गरिएको थियो। नयाँ कार्यतालिकाअनुसार ७ असोजमा गाउँ–नगर तथा १० असोजमा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएका छन्।
निर्वाचन समितिले भने केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरेको छैन । 

यसअघिको निर्णयअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म नै हुने निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ३ : ४६ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६