ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो « Khabarhub

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

जेन-जी आन्दोलनको प्रथम शहीद स्मृति दिवसका अवसरमा बोल्दै धमलाले आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको उनले बताए । 

यस्तो गर्नेहरूलाई कारबाही गरी जेलमा कोच्नुपर्ने उनको भनाइ छ । उनले गृहमन्त्री सुधन गुरुङलाई यस विषयमा साहसका साथ अघि बढ्न आग्रह गरे ।

‘जब सम्म यी शहीदहरूको आत्माले ती हत्याराहरूलाई कारबाही भएको देख्दैन, उनीहरूको मनमा शान्ति हुँदैन,’ उनले भने ।

उनले भने, ‘मेरो आग्रह छ गृहमन्त्री, हिम्मत गर्नुहोस् । देशले सुशासन खोजेको छ, देशले विकास खोजेको छ, देशले प्रगति खोजेको छ र देशले बालेन्द्र शाहको नेतृत्व सरकारलाई जनताको समर्थन छ । यो सरकार देश र जनताको पक्षमा काम गर्न सक्छ भन्ने तपाईँले अब जनतालाई आज आश्वस्त पार्नुपर्छ, जेन-जीहरूलाई आश्वस्त पार्नुपर्छ । 

धमलाले घाइते जेन-जीहरूको उपचार स्वदेशमा सम्भव नभए विदेशमा लगेर भए पनि गर्नुपर्ने माग गरे । साथै शहीद परिवारलाई रोजगारी र सम्मान तथा घाइतेलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै सुशासन र विकासको प्रत्याभूति दिन सरकारसँग आग्रहसमेत गरे ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  २ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली