ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो « Khabarhub

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

जेन-जी आन्दोलनको प्रथम शहीद स्मृति दिवसका अवसरमा बोल्दै धमलाले आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको उनले बताए । 

यस्तो गर्नेहरूलाई कारबाही गरी जेलमा कोच्नुपर्ने उनको भनाइ छ । उनले गृहमन्त्री सुधन गुरुङलाई यस विषयमा साहसका साथ अघि बढ्न आग्रह गरे ।

‘जब सम्म यी शहीदहरूको आत्माले ती हत्याराहरूलाई कारबाही भएको देख्दैन, उनीहरूको मनमा शान्ति हुँदैन,’ उनले भने ।

उनले भने, ‘मेरो आग्रह छ गृहमन्त्री, हिम्मत गर्नुहोस् । देशले सुशासन खोजेको छ, देशले विकास खोजेको छ, देशले प्रगति खोजेको छ र देशले बालेन्द्र शाहको नेतृत्व सरकारलाई जनताको समर्थन छ । यो सरकार देश र जनताको पक्षमा काम गर्न सक्छ भन्ने तपाईँले अब जनतालाई आज आश्वस्त पार्नुपर्छ, जेन-जीहरूलाई आश्वस्त पार्नुपर्छ । 

धमलाले घाइते जेन-जीहरूको उपचार स्वदेशमा सम्भव नभए विदेशमा लगेर भए पनि गर्नुपर्ने माग गरे । साथै शहीद परिवारलाई रोजगारी र सम्मान तथा घाइतेलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै सुशासन र विकासको प्रत्याभूति दिन सरकारसँग आग्रहसमेत गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : १२ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध