मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत « Khabarhub

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ । 

ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान गुमाउनेलाई रु एक एक लाखका दरले परिवारलाई नगद राहत उपलब्ध गराएको हो । गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । 

यही असोज दोस्रो साताको पहिरोमा परि ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष विक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडाध्यक्षसहितको टोली पीडितको घरमा नै पुगेर राहत रकम प्रदान गरेको हो । 

गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ । बाढी पहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रिजालले जानकारी दिए ।

बाढीपहिरो पीडितलाई एनआरएनएले रु पाँच लाख बढीको खाद्यन्न, लत्ता कपडालगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ । पहिरोले घर पुरिँदा ताराखोला गाउँपालिका–५, सिपका ५५ वर्षीय दिलबहादुर पुन, उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ११ : २९ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते