मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत « Khabarhub

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ । 

ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान गुमाउनेलाई रु एक एक लाखका दरले परिवारलाई नगद राहत उपलब्ध गराएको हो । गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई एक/एक लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । 

यही असोज दोस्रो साताको पहिरोमा परि ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष विक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडाध्यक्षसहितको टोली पीडितको घरमा नै पुगेर राहत रकम प्रदान गरेको हो । 

गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ । बाढी पहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रिजालले जानकारी दिए ।

बाढीपहिरो पीडितलाई एनआरएनएले रु पाँच लाख बढीको खाद्यन्न, लत्ता कपडालगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ । पहिरोले घर पुरिँदा ताराखोला गाउँपालिका–५, सिपका ५५ वर्षीय दिलबहादुर पुन, उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ११ : २९ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै