‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प « Khabarhub

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार भएको तर नर्वेली नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने परिपाटीका कारण पाउनेमा शंका रहेको बताएका छन् । सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुँदैछ ।

‘उनीहरूको निर्णय के हुनेछ मलाई थाहा छैन’, ट्रम्पले भने, ‘म जस्ता मानिसहरूलाई पुरस्कार नदिने उनीहरूको परिपाटी छ ।’

गत वर्ष ह्वाइट हाउस फर्किएदेखि नै ट्रम्पले आफू यो प्रतिष्ठित पुरस्कारको हकदार भएको दाबी गर्दै आएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘गत पटक पुरस्कार विजेताले मभन्दा बढी इतिहासमा कसैले पनि यसको हकदार नभएको बताएपछि अप्रत्यक्ष रूपमा सम्मानित हुन पाउँदा गर्व महसुस भएको थियो ।’ 

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोले सन् २०२५ को नोबेल शान्ति पुरस्कार पदक गत जनवरीमा अमेरिकाको सहयोग माग्ने क्रममा ट्रम्पलाई दिएकी थिइन् ।

गत जनवरीमा कार्यभार सम्हालेयता आठ वटा द्वन्द्व समाधानमा संलग्न भएकाले आफूले पुरस्कार पाउनुपर्ने ट्रम्पको तर्क छ । क्याम्बोडिया, इजरायल र पाकिस्तानका नेताहरूले आफूलाई मनोनयन गरेको दाबी ट्रम्पले गरे पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।

यद्यपि, ट्रम्पले समाधान गरेको दाबी गरेका केही द्वन्द्वका पक्षहरूले उनको कूटनीतिक भूमिकामाथि विवाद झिकेका छन् भने प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) र क्याम्बोडिया(थाइल्यान्ड सीमा क्षेत्रमा पुनः भिडन्त सुरु भएको छ ।

दोस्रो कार्यकालको पहिलो दिनमै अन्त्य गर्ने प्रतिज्ञा गरेको रुस-युक्रेन युद्धको समाधान पनि ट्रम्पका लागि सहज हुन सकेको छैन । साथै, इरानमाथि अमेरिका र इजरायलले गरेका हमलाका कारण विगत सात महिनादेखि सुरु भएको द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पारेको छ र नोभेम्बरको मध्यकालीन निर्वाचनअघि इन्धनको मूल्य बढाएको छ ।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि पोप लियो, अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) र प्यालेस्टिनी भूभागका लागि विशेष प्रतिवेदनकर्ता मुख्य दाबेदारका रूपमा हेरिएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १२ : १२ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान