गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत « Khabarhub

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले आफूअनुकूल हुने गरी पटक–पटक पार्टी विधान संशोधन गरेको आरोप लगाएका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता महतले महाधिवेशनको मुखमा विधान संशोधन गरेर पार्टीभित्र नेता व्यवस्थापन गर्न खोजिएको टिप्पणी गरे।

‘हरेक दिनजस्तो विधान संशोधन भएको छ। विशेष महाधिवेशनमा अर्कै विधान बनाइएको थियो, अहिले पुनः अर्कै भएको छ। आफूअनुकूल गगनजीले विधान संशोधन गरेर कांग्रेसलाई तहसनहस बनाइसक्नुभयो,’ महतले भने।

उनले विगतमा महाधिवेशनको मुखमा विधान संशोधन गर्न नहुने धारणा राख्दै आएका गगन थापाले अहिले आफैँ त्यस्तो अभ्यास गरिरहेको आरोप लगाए।

‘विगतमा उहाँ नै भन्नुहुन्थ्यो, महाधिवेशनको मुखमा विधान संशोधन गर्न पाइँदैन भनेर। अहिले उहाँ नै नेता व्यवस्थापन गर्नका लागि अनेक प्रपञ्च रचिरहनुभएको छ,’ महतले भने।

महतले नयाँ नेतृत्वले कांग्रेसलाई एकताबद्ध बनाउनेमा आफू विश्वस्त नरहेको पनि बताए।

‘नेतृत्वले कांग्रेस एक बनाउँछ जस्तो चाहिँ मलाई लागेको छैन,’ उनले भने।

महतले कांग्रेसको महाधिवेशन आफूले मिस नगरेको तर महाधिवेशनमा सहभागी आफ्ना साथीभाइलाई भने सम्झिरहेको बताए।

महतसँग यस विषयमा थप कुराकानी केही समयपछि सार्वजनिक हुने छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  २ : १६ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका