काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।
बिहान १० बजेका लागि तय गरिएको मतदान तयारी पूरा नभएपछि सुरुमा दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। त्यसपछि पुनः २ बजेबाट मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो।
मतदान सुरु हुन अझै केही समय लाग्ने बताइएको छ।
कांग्रेसको सभापतिका लागि गगनकुमार थापा र राजेन्द्र खड्का प्रतिस्पर्धामा छन्। त्यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदमा पनि विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।














प्रतिक्रिया