२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन « Khabarhub

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।

बिहान १० बजेका लागि तय गरिएको मतदान तयारी पूरा नभएपछि सुरुमा दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। त्यसपछि पुनः २ बजेबाट मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो।

मतदान सुरु हुन अझै केही समय लाग्ने बताइएको छ।

कांग्रेसको सभापतिका लागि गगनकुमार थापा र राजेन्द्र खड्का प्रतिस्पर्धामा छन्। त्यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदमा पनि विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  २ : १८ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते