गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी « Khabarhub

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समूहलाई पक्राउ गरिएको जनाएको हो । 

उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण गाउँपालिका–५ घर भएका वर्ष २४ को आयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै धारिलो हतियार प्रहारको प्रयास गरी भाग्न खोज्दा २ राउण्ड हवाई फायर तथा घुँडा मुनी १ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै लुटपाटमा संलग्न माझी समूहका अन्य व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा जिल्ला भक्तपुर ठिमी नगरपालिका ४ बाट घटनामा संलग्न थप २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । 

आयन माझीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा डाँकाचोरी मुद्दामा २७ वटा मुद्दामा प्रतिवादी समेत देखिएको घिमिरेले बताए । 

माझी समूहले आपराधिक गतिविधि घटाउने क्रममा प्रयोग गर्नका लागी काठमाडौंका विभिन्न स्थानहरूबाट १५ वटा भन्दा बढी मोटर साइकलहरू चोरी गरेको अनुसन्धानबाट खुल्न आएको घिमिरेले जानकारी दिए

माझी समूहका सक्रिय अपराधीहरूको स्वयम्भू, बौद्ध लगायतका स्थानमा भएको लुटपाट र सिक्री लुटपाटमा प्रत्यक्ष रुपमा संलग्न रहेको अनुसन्धानबाट देखिएका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  २ : ५० बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका