कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी « Khabarhub

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका, क्यानाडा, अस्ट्रेलिया क्षेत्र) पदका लागि चन्दा अधिकारीले उम्मेदवारी दिएकी छन्।

विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवामा सक्रिय अधिकारीको राजनीतिक यात्रा संघर्ष र निरन्तर संगठन निर्माणसँग जोडिएको छ। उनले विसं २०५९ मा राधा दामोदर संस्कृत माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको अध्यक्ष भएर प्रारम्भिक राजनीतिक यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले पोखरास्थित पदकन्या क्याम्पसमा नेविसंघको इकाइ उपसभापति, स्ववियु सदस्य, स्ववियु सहसचिव हुँदै इकाइ सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी थिइन्।

२०६६ सालमा नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सदस्य निर्वाचित भएकी अधिकारी सोही वर्ष सम्पन्न १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिएकी थिइन्। पछि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै उनले नेपाली जनसम्पर्क समिति क्यानाडाको उपसभापति, नेपाली कांग्रेस महासमिति सदस्य तथा हाल जनसम्पर्क समिति क्यानाडाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्। उनी गैरआवासीय नेपाली संघ क्यानडाको निर्वाचित महासचिव तथा अध्यक्ष पदकी प्रत्याससमेत रहिसकेकी छन्।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा उनी पटकपटक घाइते भएकी थिइन् भने आन्दोलनकै सिलसिलामा राजनीतिक बन्दी जीवनसमेत व्यतीत गरेकी थिइन्। उनको लोकतान्त्रिक निष्ठा र योगदानको कदर गर्दै विसं २०६३ मा ‘जनआन्दोलन नायक पुरस्कार’ प्रदान गरिएको थियो। यसैगरी, नेत्री अधिकारी अन्तर्राष्ट्रिय स्तरमा सन् २०२३ मा क्यानाडाको ‘क्वीन एलिजाबेथ दोस्रो कम्युनिटी भोलेन्टियर अवार्ड’ र सन् २०२५ मा ‘किङ चार्ल्स तेस्रो कोरोनेसन मेडल’ बाट सम्मानित भएकी छन्।

अधिकारीले अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा बौद्ध दर्शनमा आचार्य उपाधि हासिल गरेकी छन्। उनले प्रवासमा रहेका नेपालीको अधिकार सुनिश्चितता र पार्टीलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ४ : ५३ बजे

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन