गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री सुदन गुरुङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री गुरुङ र कार्यवाहक राजदूत बोल्डिनबीच बिहीबार अपराह्न भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा विपद् व्यवस्थापनमा नेपाल-अमेरिका सहकार्य तथा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली र अमेरिकी नागरिकहरूको खोज तथा पहिचानका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ ।

छलफलका क्रममा अमेरिकाले नेपालको बाढी राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग उपलब्ध गराइरहेको जानकारी दिइएको छ ।

साथै, नेपालका उद्धारकर्मीहरूलाई सक्षम बनाउन अमेरिकी उपकरण, प्रविधि र विशेषज्ञता प्रदान गरी सहयोग भइरहेको र यस सहकार्यले प्रभावित समुदायलाई पुनरुत्थान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ५ : २६ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका