गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता « Khabarhub

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री सुदन गुरुङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री गुरुङ र कार्यवाहक राजदूत बोल्डिनबीच बिहीबार अपराह्न भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा विपद् व्यवस्थापनमा नेपाल-अमेरिका सहकार्य तथा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली र अमेरिकी नागरिकहरूको खोज तथा पहिचानका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ ।

छलफलका क्रममा अमेरिकाले नेपालको बाढी राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग उपलब्ध गराइरहेको जानकारी दिइएको छ ।

साथै, नेपालका उद्धारकर्मीहरूलाई सक्षम बनाउन अमेरिकी उपकरण, प्रविधि र विशेषज्ञता प्रदान गरी सहयोग भइरहेको र यस सहकार्यले प्रभावित समुदायलाई पुनरुत्थान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ५ : २६ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते