बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री  « Khabarhub

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताएका छन्।

कर्पोरेट नेपालद्वारा बिहीबार आयोजित ‘नेपाली ब्राण्ड परिसंरचना २०८३’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री तिमिल्सिनाले नेपाली उत्पादन तथा ब्राण्डको वर्तमान अवस्था पहिचान गर्न वैज्ञानिक विधिबाट गरिएको अध्ययन महत्वपूर्ण रहेको बताए।

उनले नेपाली ब्राण्डको प्रवर्द्धनका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्या पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिए। औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनका लागि राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले नेपालका विशिष्ट उत्पादन, मौलिक पहिचान र भौगोलिक विशेषताबाट अन्तर्राष्ट्रिय बजारमा लाभ लिन सकिने बताए। भौगोलिक पहिचानसँग जोडिएका उत्पादनलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गर्दै विश्व बजारमा नेपाली ब्राण्डका रूपमा स्थापित गर्नुपर्ने उनले उल्लेख गरे।

‘आजको व्यापार भौगोलिक सीमामा मात्र सीमित छैन। सूचना प्रविधिले हाम्रा उत्पादनलाई विश्व बजारसम्म सहज रूपमा पुर्‍याउने वातावरण बनाएको छ,’ उनले भने।

नेपाली उत्पादन र ब्राण्डलाई विश्व बजारमा पुर्‍याउन आवश्यक वातावरण निर्माण गर्नु तथा प्रक्रियागत सहजीकरण गर्नु सरकारको भूमिका रहेको उनले स्पष्ट पारे। यसका लागि आवश्यक नीति, नियम र कानुन निर्माण तथा सरकारी निकायबीच समन्वयलाई सरकारले प्राथमिकतामा राख्ने उनले बताए।

नेपाली उत्पादन र ब्राण्डको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले नीतिगत रूपमा गर्न सकिने कामका लागि विभिन्न सरकारी निकाय र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए।

मन्त्री तिमिल्सिनाले नेपाली ब्राण्डको विकास व्यापारिक विषयमा मात्र सीमित नरहेको भन्दै यसलाई मुलुकको अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए। नेपालका विशिष्ट तथा मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्राण्डका रूपमा स्थापित गर्न सके त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

उनले ब्राण्डिङ प्रचार–प्रसारमा मात्र सीमित नभई मौलिकता, नेपालीपन र छुट्टै पहिचान निर्माण गर्ने प्रक्रिया भएको बताए। उत्पादन तथा व्यवसायमा नेपालीपन र मौलिक पहिचान स्थापित गर्न सके दीर्घकालीन रूपमा उपभोक्ताको विश्वास र व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने उनले उल्लेख गरे।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ६ : २८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी