स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने « Khabarhub

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माणको काम सुरु गरिएको छ।

नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्र्याक निर्माणसँगै पुलको जग खन्ने काम अघि बढाइएको हो।

कुल ७६ मिटर लम्बाइ रहने उक्त बेलिब्रिज निर्माणका लागि हाल ‘एक्सेस रोड’ निर्माणको काम भइरहेको छ। बेलिब्रिज जडानका लागि १४ मिटर अग्लो फाउन्डेसन उठाउन जग खन्न दुई वटा एक्साभेटर प्रयोग गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

यसअघि बेत्रावतीमा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो। स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बाढी र पहिरोले अवरुद्ध बनेको रसुवागढीसम्मको मुख्य सडक सञ्जाल पुनःस्थापित हुनेछ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ७ : ०८ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत