अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन « Khabarhub

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावतलाई सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ ।

बाढीले आवागमन ठप्प भएपछि उत्तरगया-१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए । तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ ।

यात्राको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जना मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार तुइनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीबाट दुई-दुई जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ ।

यो वैकल्पिक व्यवस्थाले सडक पुनर्निर्माण नभएसम्मका लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ७ : २९ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको