सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे « Khabarhub

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिए । वर्षायामको समयमा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस सङ्क्रमित बढेका उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । सङ्खुवासभा कोशी प्रदेशको पहिलो र देशभरमा तेस्रो स्थानमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ र जिल्लाका विभिन्न पालिकास्थित स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।

पछिल्लो समय जिल्लाको सभापोखरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा परेको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टि भएको उनले जानकारी दिए ।

जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८०र८१ मा ५४८, आव २०८१र८२ मा ३४१ र आव २०८२र८३ मा ४६७ जना स्क्रब टाइफसका सङ्क्रमित भेटिएका थिए । चालु आवको तीन महिनामा ५६० जना बिरामी भेटिएका जनाउँदै श्रेष्ठले यो सङ्ख्या गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका सङ्क्रमितभन्दा बढी रहेको बताए ।

जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण बिरामीको मृत्यु भने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि नियमित रूपमा अद्यावधिक गर्न थालिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

स्वास्थ्यकर्मीका अनुसार बिरामीको सङ्ख्या र सङ्क्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसको जोखिम अझै कायम छ । वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उनले आग्रह गरे ।

उनका अनुसार उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थि सुन्निने, छालामा बिमिरा आउने तथा किर्नोले टोकेको स्थानमा कालो खटिरा जस्तो दाग देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन् । “स्क्रब टाइफस ओरिएन्सिया त्सुत्सुगामुसी नामक ब्याक्टेरियाले लाग्ने रोग हो । सङ्क्रमित लार्भा अवस्थाको सूक्ष्म माइटको टोकाइबाट मानिसमा यो सङ्क्रमण सर्दछ”, उनले भने ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १० : २७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल