काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी स्तब्ध बनेको छ । गएराति सम्पन्न खेलमा सिटीलाई नटिङघम फरेस्टले ३–१ गोलले हराउँदै स्तब्ध बनाएको हो ।
नटिङघमका लागि लियाम डेलापले दुई तथा जायर कुन्हाले एक गोल गरेका थिए । यस्तै, सिटीका रायन चेर्कीले एक गोल फर्काएका थिए ।
खेलको छैटौँ मिनेटमा फरेस्टका कुन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, १८औँ मिनेटमा डेलापले गोल गर्दै फरेस्टलाई २–० गोलको अग्रता दिलाए ।
५२औँ मिनेटमा सिटीका रायन चेर्कीले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । तर ७३औँ मिनेटमा डेलापले व्यक्तिगत दोस्रो गोलसँगै नटिङघम फरेस्ट ३–१ गोलले विजयी भयो ।
यो जितसँगै नटिङघम फरेस्ट १० खेलबाट ९ अंकका साथ १६औँ स्थानमा छ । पराजित भएको म्यानचेस्टर सिटी २१ अंकसहित दोस्रो स्थानमा छ ।














प्रतिक्रिया