राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई « Khabarhub

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा जनज्योति माविले १३ स्वर्ण, एक रजत र एक कास्य गरी कुल १५ पदक जितेको हो ।

पदक तालिकामा बालशैक्षणिक माध्यमिक विद्यालय १४ पदकसहित दोस्रो स्थानमा रहेको छ । बालशैक्षणिकले दुई स्वर्ण, नौ रजत र तीन कास्य पदक जितेको छ । भिमाद नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख सन्दीप पौडेलका अनुसार प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा अरुणोदय माध्यमिक विद्यालयले तीन स्वर्ण, दुई रजत र दुई कास्य गरी सात पदक जितेको छ । धर्म माध्यमिक विद्यालयले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक प्राप्त गरेको छ । त्यस्तै, माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलले दुई स्वर्ण, तीन रजत र पाँच कास्य गरी १० पदक जितेको छ । मङ्गलोदय माध्यमिक विद्यालयले पनि तीन स्वर्ण, एक रजत र छ कास्य गरी १० पदक प्राप्त गरेको छ ।

शङ्कर माध्यमिक विद्यालयले दुई स्वर्ण र एक कास्य गरी तीन पदक जितेको छ। अमर भूपू सैनिक बोर्डिङ स्कुलले तीन स्वर्ण र एक रजत गरी चार पदक प्राप्त गरेको छ भने सिद्धार्थ माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र दुई कास्य गरी चार पदक जितेको छ । हिमालय माध्यमिक विद्यालयले एक स्वर्ण, एक रजत र तीन कास्य गरी पाँच पदक प्राप्त गरेको छ । भिम मेमोरियल बोर्डिङ स्कुलले चार रजत र एक कास्य गरी पाँच पदक जितेको छ ।

यसैगरी, रघु माध्यमिक विद्यालयले तीन कास्य, पार्वती माध्यमिक विद्यालयले एक कास्य, दीपक माध्यमिक विद्यालयले तीन रजत, पाटन बोर्डिङ स्कुलले एक कास्य तथा बुचाखानी माध्यमिक विद्यालयले एक रजत र एक कास्य गरी दुई पदक प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले खेलकुदमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै विद्यालयबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताए । उनका अनुसार नगरपालिकाले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने र विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा खेलकुदको भूमिका बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ९ : २९ बजे

मुन्दुम पदमार्गको जानकारी दिन ‘वेबसाइट’ सञ्चालन

भोजपुर– मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योतिलाई

तनहुँ– तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

नरक चतुर्दशी स्नान र दीपदान गरियो

काठमाडौँ– अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई

भोजपुरको पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आकर्षण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन

इजरायलमा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी

काठमाडौँ– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख तथा विपक्षी