संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह « Khabarhub

संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।

साइप्रस कम्युनिस्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको निकोसियामा शनिबार आयोजित कार्यक्रममा उनले समकालीन विश्वमा बढ्दो भू-राजनीतिक तनाव, आर्थिक असमानता, जलवायु सङ्कट र अति दक्षिणपन्थी प्रवृत्तिको पुनरुत्थानले लोकतन्त्र, सामाजिक न्याय र अन्तरराष्ट्रिय शान्तिमा चुनौती थपेको बताए ।

उनले अन्तरराष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोगभन्दा अन्तरराष्ट्रिय कानुन, प्रभुत्वभन्दा सार्वभौमसत्ता, संवाद र छलफललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । शान्ति शक्तिशाली राष्ट्रको मात्र विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ थियो ।

समकालीन पुँजीवादी व्यवस्थाले सम्पत्ति र अवसरमा असमानता बढाएको उल्लेख गर्दै ज्ञवालीले श्रमिक अधिकार, सामाजिक सुरक्षा, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र किफायती आवास सुनिश्चित गर्नुपर्ने बताए । कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल प्रविधिको विकास मानवकल्याण र लोकतान्त्रिक नियन्त्रणमा उपयोग हुनुपर्नेमा पनि उनले जोड दिए ।

समाजवादलाई शोषण र असमानताविरुद्धको आवश्यक ऐतिहासिक विकल्पका रूपमा व्याख्या गर्दै उनले माक्र्सवादी सिद्धान्तलाई प्रत्येक देशको विशिष्ट इतिहास र सामाजिक परिस्थितिअनुसार सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै उनले एमालेले माक्र्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतन्त्र, सामाजिक न्याय, समावेशीकरण र राष्ट्रिय स्वाधीनताका पक्षमा काम गर्दै आएको बताए ।

उनले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै अन्तरराष्ट्रिय वामपन्थी शक्तिबीच शान्ति, समानता र न्यायका लागि सहकार्य आवश्यक रहेको बताए । उनले एकेनको शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीको आगामी यात्रा सफलताको कामना गरे ।
 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ११ : ३४ बजे

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

लक्ष्मीपूजाको दिन किनमेलको चटारो, कति छ फूलमालाको मूल्य ?

काठमाडौं– नेपालीहरूको दोस्रो महान चाड तिहारको लक्ष्मी पूजाको दिन आज

तिहारमा गौमाता र लक्ष्मीपूजा गर्ने परम्पराको रहस्य के हो ?

काठमाडौँ– नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन गाई

संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले

बागमतीका मुख्यमन्त्री थापामगरबाट नारी शक्तिको सम्मान गर्न आग्रह

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार