प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदीप पौडेलको आरोप « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदीप पौडेलको आरोप

जनमतको दुरुपयोग नगर्न सरकारलाई सुझाव


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताको स्वतन्त्रता खोस्ने काममा सरकार उद्दत भएको बताएका छन्।

आइतबार काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्ने जस्ता निरङ्कुश शासन व्यवस्था हाबी हुन लागेको समेत बताए ।

उनले प्रधानमन्त्रीका सल्लाहकारले आफू विरुद्धको प्रमाण मेटाउने र आफूलाई चाहने प्रमाण सार्वजनिक गरेको आरोप समेत लगाए । उनले अहिले व्यवस्था ल्याउन केहि नगर्नेहरुलाई जनताले दुईतिहाई मत दिएको भन्दै जनमतको दुरुपयोग नगर्न सरकारलाइ सुझाव दिए ।

त्यस्तै उनले कांग्रेसको बृहत् एकताका निम्ति अधिकतम प्रयत्न गरेको बताए । उनले विधिको शासन भएको देशमा एउटै पार्टीको दुई वटा सभापति र एउटा पार्टीको दुई वटा झन्डा चुनावचिह्न हुन नसक्ने उल्लेख गरे ।

कांग्रेसको अर्को पक्षको गतिविधि विधिको शासनको बरखिलाफमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  २ : ३७ बजे

बेल्ट एन्ड रोड सिरिज : नेपाल यू-१९ महिला क्रिकेट टोली च्याम्पियन

काठमाडाैँ – चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एन्ड रोड सिरिजअन्तर्गत नेपाल

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदीप पौडेलको आरोप

काठमाडाैँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताको स्वतन्त्रता खोस्ने

‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलो माहोलमा आशीर्वाद र प्रशंसा

काठमाडौं– नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ले दर्शकमाझ प्रेम, संगीत र रमाइलोको

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

टोकियो– मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

नेपाली सेनाले मनायो कुकुर तिहार

काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको