डिडिसीको बिक्री कक्ष भरतपुरमा « Khabarhub

डिडिसीको बिक्री कक्ष भरतपुरमा


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ ।  संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाअध्यक्ष कमलबहादुर मल्लले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ । दूध, दही, घीउ, पनिर, चिजलगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक प्रदीप पण्डितले बताए । 

नागरिकको सुविधा र गुणस्तरका लागि बिक्री कक्ष सुरु गरेको उनले बताए । संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको एक सार्वजनिक संस्थान हो । 

यसले ग्रामीण क्षेत्रका किसानहरूबाट दूध सङ्कलन गरी विभिन्न दुग्धजन्य उत्पादनहरू तयार पार्छ र सहरी क्षेत्रका उपभोक्ताहरूलाई आपूर्ति गर्दछ ।

संस्थानका महाप्रबन्धक पाण्डेले चितवनका विभिन्न क्षेत्रमा गरी संस्थानको मात्र उत्पादन बिक्री गर्ने १० वटा बिक्री कक्ष तीन महिना भित्रमा सञ्चालनमा ल्याउने बताए ।

जिल्लाको भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा कक्ष सञ्चालनमा ल्याइने उनले जानकारी दिए । डिडिसीको उत्पादन मात्र बिक्री हुने कक्ष देशभरमा हालसम्म ३५ छन् ।

हाल काठमाडौँको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा संस्थाको दुग्ध प्रशोधन उद्योग छ । निकट भविष्यमा पोखरामा उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । हाल संस्थानले दैनिक ३५ हजार लिटर दूध सङ्कलन गरी प्रशोधन गरेर बजार पठाउने गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ४ : ३५ बजे

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन– भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष

दरबारमार्गको लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार

कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्युरोभित्रै, कानून व्यवसायीलाई प्रवेशमा रोक

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

भक्तपुर– यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार