चीनद्वारा एबीबीको रोबोटिक्स एकाइ सफ्टबैंकलाई बिक्री गर्ने सम्झौतामा रोक « Khabarhub

चीनद्वारा एबीबीको रोबोटिक्स एकाइ सफ्टबैंकलाई बिक्री गर्ने सम्झौतामा रोक


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन सरकारले स्विस–स्विडिस कम्पनी एबीबी लिमिटेडको रोबोटिक्स एकाइ जापानी लगानीकर्ता कम्पनी सफ्टबैंक ग्रुप कर्पलाई बिक्री गर्ने ५ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सम्झौतामा रोक लगाएको छ । यो कदमसँगै कृत्रिम बौद्धिकता (एआई) प्रविधियुक्त रोबोटिक्स क्षेत्रमा विस्तार गर्ने सफ्टबैंकको महत्त्वाकाङ्क्षी योजनामा ठुलो धक्का लागेको छ ।

एबीबीले एक विज्ञप्ति जारी गर्दै चिनियाँ सरकारी निकायले उक्त खरिद–बिक्री सम्झौता अस्वीकृत गरेको जनाएको छ । सफ्टबैंकका अनुसार चीनको राष्ट्रिय विकास तथा सुधार आयोगअन्तर्गतको एक कार्यालयले चीनमा रहेका एबीबीका रोबोटिक्स सञ्चालनहरू अधिग्रहण गर्न प्रतिबन्ध लगाएको हो । यद्यपि, सम्झौतालाई अगाडि बढाउने विकल्पबारे दुवै कम्पनीबिच छलफल भइरहेको सफ्टबैंकले उल्लेख गरेको छ ।

चीन एबीबी रोबोटिक्सको सबैभन्दा ठुलो एकल बजार हो, जहाँको साङ्घाईमा यसको ठुलो उत्पादन तथा विकास केन्द्र रहेको छ । उक्त केन्द्र निर्माणका लागि एबीबीले साङ्घाई सरकारको प्रत्यक्ष सहयोग तथा राज्यको समर्थन प्राप्त गरेको थियो ।

सम्झौता रोकिएपछि बिहीबार टोकियो सेयर बजारमा सफ्टबैंकको सेयर मूल्य ७.९ प्रतिशतले घटेको छ भने ज्युरिखमा एबीबीको सेयर मूल्यमा ४.२ प्रतिशतको गिरावट आएको छ । एबीबीले यस बिक्रीबाट प्राप्त हुने रकम अन्य व्यापारिक सम्झौताहरूमा लगानी गर्ने योजना बनाएको थियो । सिटीग्रुपका विश्लेषक मार्टिन विल्कीका अनुसार यो निर्णयले एबीबीको लगानी क्षमता आधा घटेर करिब ५ अर्ब डलरमा सीमित भएको छ ।

सफ्टबैंकका संस्थापक मासायोसी सोनले एआई पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्ने लक्ष्यसहित बीएमडब्लु जस्ता ठुला निर्मातालाई औद्योगिक मेसिनरी आपूर्ति गर्ने तथा ७ हजारभन्दा बढी कर्मचारी कार्यरत एबीबीको यो एकाइ खरिद गर्न खोजेका थिए । ओपनएआईमा करिब ६५ अर्ब डलर लगानी गर्ने र डेटा सेन्टरहरूमा खर्बौं डलर खर्चिने सोनको प्रतिबद्धताबारे लगानीकर्ताहरू सशङ्कित रहँदै आएका बेला एबीबीको नाफाले सफ्टबैंकको वित्तीय स्थिति बलियो बनाउने अपेक्षा गरिएको थियो ।

ब्लुमबर्ग इन्टेलिजेन्सका विश्लेषक कर्क बुड्रीले एबीबी रोबोटिक्सको उत्पादन अनुभवले सफ्टबैंकका स्टार्टअप अवधारणालाई वास्तविक व्यवसायमा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताए । तर, एआई युगमा महत्त्वपूर्ण डेटा र प्रविधि बाहिरिन नदिने चिनियाँ नीतिका कारण बेइजिङले यो कदम चालेको देखिएको छ । यसअघि गत अप्रिलमा पनि सोही चिनियाँ आयोगले मेटा प्लेटफर्म्सद्वारा एआई स्टार्टअप मानुसलाई २ अर्ब डलरमा खरिद गर्ने प्रक्रियामा रोक लगाएको थियो ।

यता जापानका फानुक, यास्कावा इलेक्ट्रिक र कावासाकी हेभी इन्डस्ट्रिज जस्ता ठुला रोबोट निर्माता कम्पनीहरूले चीनको बढ्दो प्रतिस्पर्धा सामना गर्न कारखाना तथा अस्पतालहरूमा एआई प्रयोग गर्ने विषयमा एनभिडियासँग साझेदारी गरिरहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : २९ बजे

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको