आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार सन् २०२६ जनवरी ८ तारिख। माघ कृष्ण पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। नेपाल ज्योतिष स्थापना दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन रमाइलो छ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृष : बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। सानो कुराले अप्ठेरो परिस्थिति सिर्जना हुने जोखिम छ। लगानीका क्षेत्रमा अवरोध सिर्जना हुनेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

मिथुन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। आफ्नो कामबाट मन शान्त बन्नेछ। परिवारमा थोरै बोल्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा खुशी मिल्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : आज धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा साथीको साथ मिल्नेछ। स्वास्थ्यमा समस्या भए पनि परिवारले राम्रो साथ दिनेछ।

सिंह : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता ल्याउन सकेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज सोचेका काम बन्ने योग परेको छ।

कन्या : पूर्वको यात्रामा जोखिम रहेको छ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीबाटै आक्रमण हुने भएकाले आफ्नो हितमा सोच्ने साथी पहिचान गर्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : परिवारको व्यवहारले मन शान्त बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलताका लागि मेहनतको भने खाँचो देखिन्छ। परिवारको साथमा घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : साथीबाट सहयोग हुने छ। स्वास्थ्यमा सुधार हुने दिन छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा भने अगाडि नबढ्नु राम्रो हुन्छ। आज केही सुखद् खबर सुनिनेछ।

धनु : दिन राम्रो छ। बोलीमा सरस्वतीको बास रहेको छ। यस्तो बोली परोपरकारका लागि प्रयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। कतै घुमफिरको योजना बन्न सक्छ।

मकर : सञ्चित धन खर्च हुनेछ। आफन्तले कुरा काट्दा मन दुख्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : साथीले तपाईंको पक्षमा काम गर्नेछन्। सानो भनेर रोगलाई कमजोर ठानेमा सताउने जोखिम रहेको छ। शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : शिक्षामा मेहनतको खाँचो देखिन्छ। प्रगति भए पनि ढिला मात्र हुने भएकाले मेहनतको खाँचो परेको हो। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ५ : १८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग