प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी « Khabarhub

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

चक्कु प्रहार गर्ने चार जना पक्राउ


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो । यस क्रममा एक प्रहरी घाइते भएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेष्टुरेन्टमा प्रहरी टोलीको चोरी गर्ने समूहसँग जम्काभेट भएको थियो ।

प्रहरी टोलीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सञ्जीव केसी घाइते भएका छन् । उनको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्नेसहित चोरी गर्ने गिरोहका २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले चोरीका दुई मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ३२ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री