काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
२३ जना घाइतेको अहिलेसम्म उपचार भइराखेको छ भने पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
मृतक पाँच जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्घटनामा कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु र काठमाडौं जोरपाटी बस्ने ६० वर्षको अर्जुन लामिछानेको मृत्यु भएको हो । गएराति तीन जनाको मात्र पहिचान खुलेको थियो ।
बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया