कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै « Khabarhub

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेन-जी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ ।

जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताइन् । 

पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजीकार्य जारी रहेको भए पनि उनी सम्पर्कमा नरहेका उनले जानकारी दिइन् । उनका अनुसार निज कैदीले जिल्ला अदालतको फैसलाबाट जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका थिए ।  

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । कैदीबन्दी स्वैच्छिक रूपमा सम्पर्कमा नआए प्रचलित कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

फरार रहेका कैदीबन्दीका बारेमा कसैलाई जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई गोप्य रूपमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । 

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै फरार कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएको प्रजिअ पौडेलले बताए । रासस

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १२ : २४ बजे

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी