त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन् ।
जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४, महिला एक लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसङ्ख्यक चार जना रहेका कार्यालय प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार नवलपुरमा आठ वटा स्थानीय तह र दुई निर्वाचन क्षेत्र रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा जिल्लामा कूल दुई लाख ६० हजार ४६१ मतदाता थिए ।
तत्कालीन समयमा भन्दा अहिले आठ हजार ६५ मतदाता थपिएका छन् ।













प्रतिक्रिया