काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरूप बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
खोला मापदण्डविरुद्ध भूमि अधिकार संरक्षण समितिले बिहीबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । । सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढी घरधुरीको उठीबास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ । २०८० साल पुस ३ गते सर्वोच्च अदालतले २० मिटर मापदण्ड तोकेर ४० मिटर दाँयाबाँया कायम गर्न आदेश दिएको थियो ।
सरकारको निर्णय अनुसार नै पीडित रहेको अवस्थामा पछि सर्वोच्चको फैसलाले थप आफूहरू पीडामा परेको भन्दै संघर्ष समितिले उक्त फैसला कार्यान्वयन गर्न नदिन दबाब सिर्जना गर्दै आएका छन् । समितिले २०६५ मंसिर १ गते सरकारले जारी गरेको खोला मापदण्ड समेत खारेज हुनुपर्ने माग गरेको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया