अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ « Khabarhub

अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध ढुंगा बालुवा उत्खननविरुद्ध आवाज उठाउँदा धनुषामा हत्या गरिएका वातावरणीय अधिकारकर्मी दिलीप महतोको सम्झनामा काठमाडौंमा पत्रकार सम्मेलन गरिएको छ । 

कार्यक्रममा परिवारका सदस्य, कानुनी विज्ञ र अभियानकर्ताहरूले एक स्वरमा छिटो र प्रभावकारी न्यायको माग गर्दै वातावरणीय अधिकारको संरक्षणमा राज्य संयन्त्र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

दिलीपको १० जनवरी २०२० मा अवैध उत्खनन रोक्ने प्रयासकै क्रममा चक्कु प्रहार र टिप्परले किचेर हत्या गरिएको घटनालाई पुनः स्मरण गरियो ।

उनकी दिदी लक्ष्मी कुमारी महतोले भाइको मृत्युले परिवारको जीवन उल्टो भएको बताउँदै न्यायको आशा अझै जीवित रहेको उल्लेख गरिन् ।

दिगो विकास इन्स्टिच्यूटका प्रयास अधिकारीले छ वर्षपछि न्याय ढिलो हुनु अब अस्वीकारजस्तै  भएको टिप्पणी गरे । कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता पदम श्रेष्ठले मुद्दा लड्ने क्रममा धम्कीसमेत आएको बताउँदै दुई दोषी फरार रहेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको जानकारी गराए ।

कार्यक्रमले महतोको बलिदानलाई साहस, प्रतिरोध र वातावरणीय न्यायको प्रतीकका रूपमा पुनः स्थापित गर्दै अवैध उत्खनन रोक्न र वातावरणीय अधिकारलाई राष्ट्रिय एजेन्डाको केन्द्रमा राख्न आग्रह गरेको निष्कर्ष निकालियो।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १ : ३१ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका