भेनेजुएलामा अमेरिकी आक्रमणको पाँच दिनपछि बोल्यो नेपाल, दुवै पक्षलाई संयम हुन अपील « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमणको पाँच दिनपछि बोल्यो नेपाल, दुवै पक्षलाई संयम हुन अपील


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारले बोलिभेरियन गणराज्य भेनेजुएलामा अमेरिकी आक्रमणणपछि विकसित घटनाक्रमबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गर्दै भेनेजुएलामा भएको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो ।

नेपाल सरकारले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम् संयमता अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ ।

‘नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ’, परराष्ट्रले भनेको छ।

नेपालले संवाद, कूटनीति र पारस्परिक समझदारी मार्फत विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने आफ्नो धारणा पनि सूचनामा उल्लेख गरेको छ ।

अवैध उत्खननविरुद्ध बोल्दा मारिएका दिलीप, दिदी भन्छिन्- छ वर्ष भयो न्याय पाएनौँ

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १ : ३४ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ