बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या « Khabarhub

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको स्थानीय मिडियाले जनाएका छन् । यस्तै कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको बताइएको छ । 

मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ ।  

बुधबार राति ८ः४० बजे राजधानीको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीले अजिजुरलाई निशाना बनाएर गोली हानेको जनाइएको छ । 

तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडिसी) फजलुल करिमले मुसब्बिरको मृत्यु भएको पुष्टि गरेका छन् । उनले स्टार कबाबको छेउमा रहेको गल्लीमा अज्ञात समुहले दुई जनालाई गोली हान्दा मुसब्बिरको मृत्यु भएको उल्लेख गर्दै अर्को जना व्यक्तिलाई उपचारका लागि ढाका मेडिकल कलेजमा पठाइएको बताएका छन् । 

मोटरसाइकलमा आएका आक्रमणकारीहरूले फार्मगेट पार गरेपछि कारवान बजारमा स्टार कबाब अगाडि गोली आन्दा मुसब्बिर र अबु सुफियान गम्भीर घाइते भएकोमा  मुसब्बिरलाई बिआरबी अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा मृत्यु भएको उल्लेख गरिएको छ । 

द डेली स्टारका अनुसार मुसब्बिरले शरियतपुरका बासिन्दाहरूको समूहसँग सुपर स्टार होटल नजिकैको कार्यक्रममा सहभागी भई मुसब्बीर र मसूद नजिकैको गल्लीबाट हिँड्दै गर्दा दुई आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि गोली चलाएका थिए ।

गोलीकाण्डपछि सोना र गाँव चौराहा नजिकै स्थानीय बिएनपी सदस्यहरू समावेश भएको समूहले विरोध प्रदर्शन गरेको थियो । पछिल्लो समयमा  बङ्गलादेश भरि राजनीतिक हिंसा बढेको खबरहरूबीच फेब्रुअरी– १२ मा हुने राष्ट्रिय चुनावअघि कानून र व्यवस्थाको चिन्तामा यस घटनाले थप अशान्ति बढाएको छ । 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ४० बजे

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा