बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या « Khabarhub

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको स्थानीय मिडियाले जनाएका छन् । यस्तै कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको बताइएको छ । 

मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ ।  

बुधबार राति ८ः४० बजे राजधानीको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीले अजिजुरलाई निशाना बनाएर गोली हानेको जनाइएको छ । 

तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडिसी) फजलुल करिमले मुसब्बिरको मृत्यु भएको पुष्टि गरेका छन् । उनले स्टार कबाबको छेउमा रहेको गल्लीमा अज्ञात समुहले दुई जनालाई गोली हान्दा मुसब्बिरको मृत्यु भएको उल्लेख गर्दै अर्को जना व्यक्तिलाई उपचारका लागि ढाका मेडिकल कलेजमा पठाइएको बताएका छन् । 

मोटरसाइकलमा आएका आक्रमणकारीहरूले फार्मगेट पार गरेपछि कारवान बजारमा स्टार कबाब अगाडि गोली आन्दा मुसब्बिर र अबु सुफियान गम्भीर घाइते भएकोमा  मुसब्बिरलाई बिआरबी अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा मृत्यु भएको उल्लेख गरिएको छ । 

द डेली स्टारका अनुसार मुसब्बिरले शरियतपुरका बासिन्दाहरूको समूहसँग सुपर स्टार होटल नजिकैको कार्यक्रममा सहभागी भई मुसब्बीर र मसूद नजिकैको गल्लीबाट हिँड्दै गर्दा दुई आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि गोली चलाएका थिए ।

गोलीकाण्डपछि सोना र गाँव चौराहा नजिकै स्थानीय बिएनपी सदस्यहरू समावेश भएको समूहले विरोध प्रदर्शन गरेको थियो । पछिल्लो समयमा  बङ्गलादेश भरि राजनीतिक हिंसा बढेको खबरहरूबीच फेब्रुअरी– १२ मा हुने राष्ट्रिय चुनावअघि कानून र व्यवस्थाको चिन्तामा यस घटनाले थप अशान्ति बढाएको छ । 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ४० बजे

प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को टिजर सार्वजनिक

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को

एकताबद्ध भएर निर्वाचनमा जान कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको अपिल

काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै