फुटतिर कांग्रेस : शुक्रबार संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला « Khabarhub

फुटतिर कांग्रेस : शुक्रबार संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

विशेष महाधिवेशनकै दिन सानेपामा युवाहरू उतारिँदै


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशकै ठूलोमध्ये एक नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन बोलाएपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला गर्न लागेको हो ।

संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

देउवासँगको छलफलपछि एकजना केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा उक्त भेला आयोजना गरिएको बताए । त्यस भेलामा संस्थापन पक्षतिरका शीर्ष नेताहरूलाई डाकिएको छैन ।

‘शुक्रबार साढे १० बजे संस्थापन पक्षका केन्द्रीय सदस्यहरू जुट्दैछौँ । यो भेलामा शीर्ष नेताहरूलाई डाकेका छैनौँ’, उनले भने, ‘संस्थापन पक्षीय २५ जना केन्द्रीय सदस्यहरूको समूह पनि यसमा सहभागी हुने छ ।’

विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद चर्किँदै जाँदा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पटक पटक छलफल गरिसकेका छन् ।

उनीहरू र शीर्ष नेताबीच यसअघि पटक पटक भेला र छलफल भइसकेका छन् । संस्थापन पक्षीय नेताहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनअगाडि पन्ध्रौँ महाधिवेशन नगर्ने पक्षमा दृढ छन् ।

यसअघि पुस १८ मा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई खारेज गरिसकेको छ । कांग्रेसको बहुमत पक्षले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पन्ध्रौँ महाधिवेशनको नयाँ मिति तय गरिसकेको छ।

तर त्यसविरुद्ध विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि जुटाएर महामन्त्रीद्वयले विशेष महाधिवेशनको औपचारिक तयारी गरिसकेका छन् । विशेष महाधिवेशनका लागि १८ वटा उपसमिति पनि निर्माण गरिएको छ। यदि विशेष महाधिवेशनमा बहुमत जुटेमा यहीँबाट नयाँ कार्यसमिति पनि घोषणा हुन सक्नेछ ।

यता संस्थापन पक्ष पनि नयाँ नयाँ रणनीति बनाउन जुटेको छ। संस्थापनले विशेष महाधिवशेनलाई चुनौती दिँदै आगामी पुस २७ गते नै काठमाडौंमा युवा भेला गर्न लागेको छ।

उक्त युवा भेला पुस २७ गते बिहान बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय, बीपीनगरबाट सुरू गरिने भएको छ।

‘आमनिर्वाचन, १५ औँ महाधिवेशन र युवाको भूमिका’ मूलनारासहित उक्त युवा भेला आयोजना गर्न लागिएको हो । उक्त भेलाको आयोजकका रुपमा भ्रातृ संगठनहरूलाई राखिएको छ । भेलाको संयोजन नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरूङले गर्ने भएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १ : ४६ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२