बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू) « Khabarhub

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ । पहिले यहाँ महानगरपालिका कार्यालय थियो । कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ ।

निकै पुरानो भवन भएकोले भवन कतै भत्केको त कतै चर्किएको छ । बागदरबार २०७२ सालको भूकम्पले जीर्ण बनेको हो ।

लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो । अन्ततः प्रबलीकरण गर्ने सहमति भएपछि अहिले काम भइरहेको छ ।

प्रबलीकरणको ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा तीन वटा कम्पनीले संयुक्त रुपमा लिएका छन् । २०८२ मंसिर १५ मा ठेक्का सम्झौता भएकोमा यसको निर्माण सम्पन्न अवधि २०८४ मंसिर १५ रहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ३ : ३५ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य