रवि भेटेका राजेन्द्र भन्छन्, ‘हामीबीच मनमुटाव छैन, पृथ्वी जयन्तीको निम्तो दिएँ’ « Khabarhub

रवि भेटेका राजेन्द्र भन्छन्, ‘हामीबीच मनमुटाव छैन, पृथ्वी जयन्तीको निम्तो दिएँ’


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन्।

दुई नेताहरूबीच बिहीबार बिहान भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अध्यक्ष लिङ्देन आफैंले रविलाई भेटेपछि धेरैले चासोपूर्वक हेरेका छन् ।

यसबारे लिङ्देनले खबरहबलाई भने, ‘भेटमा अरू राजनीतिक कुरा भएन । पृथ्वी जयन्तीको निम्तो दिएर आएँ । वैकल्पिक शक्ति मिलाएर उहाँहरू अघि बढिरहनुभएकोबारे केही कुरा भयो। राजनीतिक सहकार्यबारे गहिरो कुरा भएको छैन, हामीबीच मनमुटाव पनि छैन।’

राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउँदै आएको छ। यही २७ गते पार्टीले बृहत् रूपमा पृथ्वी जयन्ती मनाउन लागेको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइने प्रचलन छ। त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विशेष रूपमा मनाउने गरेको छ।

पुस २७ गते पुराना र नयाँ दलका शीर्ष नेताहरूलाई बोलाएर चियापान आयोजना गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको तयारी छ।

आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता शाहको योगदानको स्मरण गर्दै राप्रपाले यसवर्ष पनि कार्यक्रम आयोजना गरेको लिङ्देन बताउँछन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ४ : ३७ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका