रवि भेटेका राजेन्द्र भन्छन्, ‘हामीबीच मनमुटाव छैन, पृथ्वी जयन्तीको निम्तो दिएँ’ « Khabarhub

रवि भेटेका राजेन्द्र भन्छन्, ‘हामीबीच मनमुटाव छैन, पृथ्वी जयन्तीको निम्तो दिएँ’


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनको निवासमै पुगेर भेटेका छन्।

दुई नेताहरूबीच बिहीबार बिहान भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अध्यक्ष लिङ्देन आफैंले रविलाई भेटेपछि धेरैले चासोपूर्वक हेरेका छन् ।

यसबारे लिङ्देनले खबरहबलाई भने, ‘भेटमा अरू राजनीतिक कुरा भएन । पृथ्वी जयन्तीको निम्तो दिएर आएँ । वैकल्पिक शक्ति मिलाएर उहाँहरू अघि बढिरहनुभएकोबारे केही कुरा भयो। राजनीतिक सहकार्यबारे गहिरो कुरा भएको छैन, हामीबीच मनमुटाव पनि छैन।’

राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउँदै आएको छ। यही २७ गते पार्टीले बृहत् रूपमा पृथ्वी जयन्ती मनाउन लागेको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइने प्रचलन छ। त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विशेष रूपमा मनाउने गरेको छ।

पुस २७ गते पुराना र नयाँ दलका शीर्ष नेताहरूलाई बोलाएर चियापान आयोजना गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको तयारी छ।

आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता शाहको योगदानको स्मरण गर्दै राप्रपाले यसवर्ष पनि कार्यक्रम आयोजना गरेको लिङ्देन बताउँछन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ३७ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,