काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग गरिने फलाम १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी खोपीचारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
दैलेखको नौमुले गाउँपालिका-४ भरभरे सामुदायिक वनबाट भरूवा बन्दुक २ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया