प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ « Khabarhub

प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ

राप्रपा टोलीले दियो पृथ्वी जयन्तीको निम्तो


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको निम्तो दिएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिङ्देनसहितको टोलीले भेटेको हो ।

राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा चियापान समारोहको आयोजना गर्दैछ । उक्त कार्यक्रमको निम्तो दिइएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले सच्चा नेपालीले पृथ्वीनारायणलाई श्रद्धा गर्ने बताएकी छन् ।

‘सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ र गर्नुपर्छ’, प्रमको भनाइबारे श्रेष्ठले भने, ‘तपाईंहरूले प्रधानमन्त्रीका रुपमा मलाई निम्ता गर्नुभयो, म आउँछु। विगतमा को आए-आएनन्, त्यो हेर्ने होइन, मचाहिँ आउँछु।’

राष्ट्रनिर्माता पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाउने प्रचलन छ। त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विशेष रूपमा मनाउने गरेको छ।

पुस २७ गते पुराना र नयाँ दलका शीर्ष नेताहरूलाई बोलाएर चियापान आयोजना गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको तयारी छ।

आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता शाहको योगदानको स्मरण गर्दै राप्रपाले यसवर्ष पनि कार्यक्रम आयोजना गरेको लिङ्देन बताउँछन्।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ०३ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को