रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी « Khabarhub

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी


२४ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

पार्टीले एक सूचना जारी गरेर उम्मेदवार आकांक्षीले आवेदन दर्तादेखि अन्तिम निर्णय नआएसम्म कुनै पनि किसिमको प्रचार, भेला, सभा, सामाजिक सञ्जालमार्फत प्रचार, ब्यानर वा पोस्टर प्रयोग गर्न निर्देशन दिएको हो । 

आचारसंहिता विपरीत गतिविधि गरेमा उम्मेदवार प्रक्रिया स्वतः रद्द हुने चेतावनी पनि दिइएको छ।

सूचनाअनुसार उम्मेदवारीका लागि आवेदन दिँदा फोटो खिच्ने, प्रचार सामग्री तयार गर्ने वा सार्वजनिक कार्यक्रममार्फत आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्न पाइने छैन। प्रारम्भिक छनोटपछि मात्र पार्टीको आधिकारिक प्रक्रिया अनुसार गतिविधि गर्न सकिने जनाइएको छ।

साथै पार्टीले निष्पक्ष र मर्यादित उम्मेदवार छनोट सुनिश्चित गर्न सबै आकांक्षीलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ६ : ११ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका