निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने « Khabarhub

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताएका छन् । 

रास्वपा पार्टी कार्यालय भरतपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता कार्यकर्ताहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको बताए। 

उनले भने, ‘रास्वपालाई एउटा आरोप छ । रास्वपाका समर्थकहरु गाली गलोज गर्छन् । त्यसबाट माथि उठेर सु–संस्कृत बन्नुपर्ने छ ।’ 

अहिले सुज–बुझका साथ अघि बढ्नुपर्ने समय आएको उनको भनाइ थियो । उनले निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भन्दै निर्वाचनको विकल्प निर्वाचन नै भएको बताए। उनले भने, ‘चुनाव बिथोल्ने कुरा बन्द गर्नुहोला । बेथितिको अध्याय अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय निर्वाचन नै हो । चुनाव बिथोल्ने काम कही कतैबाट नगर्नुहोला ।’

रास्वपाले राजनीतिक प्रतिशोधको राजनीति नगर्ने बताउँदै उनले सबैप्रति जिम्मेवार हुन कार्यकर्तालाई आग्रह गरे। सिङ्गो देश र पुस्ताको सपना पूरा गर्न रास्वपा बलियो बन्न आवश्यक रहेको उनको भनाइ थियो । 

व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने क्रममा आफूहरू रहेको उनले बताए।
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : १५ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३