सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार « Khabarhub

सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर- ५ गुल्मले २८ जना जनशक्तिलाई विपद् व्यवस्थापनसम्बन्धी १८ दिने तालिम दिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले विपद्जन्य घटनामा तत्काल प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न यो तालिमले सहजता प्रदान गरेको बताए। 

तालिमका सहभागीलाई आज प्रमाणपत्र वितरण गर्दै डिआइजी न्यौपानेले समुदायस्तरमा विपद् व्यवस्थापनमा पहिलो भूमिका समुदायकै नागरिकको हुने बताए। तालिम यही पुस २ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको थियो । 

सहभागीलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, सडक दुर्घटना जोखिम तथा न्यूनीकरणलगायत विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराइएको सशस्त्रका गुल्म प्रमुख दिव्यराज कोइरालाले जानकारी दिए । 

भोजपुर नगरपालिकासँगको सहकार्यमा तालिम सञ्चालन भएको हो । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले विपद न्यूनीकरणसँगै विपद्पछि हुन सक्ने सम्भावित जोखिममा पर्ने नागरिकको खोज तथा उद्धारका लागि आयोजना गरिएको तालिम महत्वपूर्ण र फलदायी भएको बताए। उनले तालिमका क्रममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गरे। 

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले यस तालिमबाट प्रशिक्षार्थीलाई प्राप्त हुने सैद्धान्तिक र व्यावहारिक ज्ञानले आगामी दिनमा हुनसक्ने विपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग हुने बताए। उनले समुदाय नै पहिलो चरणमा अग्रसर हुन जरुरी रहेको बताए। 

विपद्का न्यूनीकरणका सामान्य तरिकाहरु नजानेको अवस्थामा सशस्त्रले सञ्चालन गरेको तालिम प्रभावकारी देखिएको सहभागी भोजपुर नगरपालिका– ५, बोमिखका हरि केसीले बताए। सहभागीहरुले सशस्त्र प्रहरीको सहयोगमा विभिन्न जोखिममा फसेकालाई उद्धार गरिएको डेमोसमेत प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ४४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई