महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा « Khabarhub

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकामा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको छ ।

त्यसैगरी, ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र छ वटा मतदानस्थल सामान्य वर्गमा परेको जिल्लास्थित सुरक्षा संयन्त्रले जनाएको छ ।

महोत्तरीको पूर्व–दक्षिण, दक्षिण र पश्चिम–दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।

त्यसैगरी, जिल्लामा आउँदो निर्वाचनका लागि ५३६ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी रञ्जिता झाले बताए। चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा जम्मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताए ।

जिल्ला निर्वाचन अधिकारी झाका अनुसार आउँदो निर्वाचनमा महोत्तरीबाट कूल चार लाख ३१ हजार २८२ जना मतदाताले निर्वाचनमा सहभागिता जनाउने भएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ८ : २९ बजे

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई