एमालेको निष्कर्ष : ​अन्तर्राष्ट्रिय शक्तिले ‘कलर रिभोलुसन’मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजे « Khabarhub

एमालेको निष्कर्ष : ​अन्तर्राष्ट्रिय शक्तिले ‘कलर रिभोलुसन’मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजे


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

​काठमाडौं – नेकपा (एमाले)ले मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनलाई पार्टी इतिहासको एक ऐतिहासिक कोशेढुङ्गाका रूपमा व्याख्या गरेको छ।

बिहीबार जारी ‘अन्तरपार्टी निर्देशन-१’ (अपानि) को बुँदा नम्बर १ मा अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनका उपलब्धि, पारित प्रस्ताव र भावी रणनीतिबारे विस्तृत विश्लेषण गरेका छन्।

​१. महाधिवेशनबाट एकताको सन्देश

​एमालेले एघारौं महाधिवेशनलाई विचार, संगठन र एकताको त्रिवेणीका रूपमा परिभाषित गरेको छ। महाधिवेशनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्दै नयाँ नेतृत्व चयन गरेको र यसले कार्यकर्तामा अभूतपूर्व उत्साह जगाएको निष्कर्ष निकालेको छ।

महाधिवेशनको मूल नारा ुनिर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्यु लाई पूर्ण रूपमा आत्मसात गरिएको एमालेले जनाएको छ।

​२. २१ बुँदे समसामयिक प्रस्ताव पारित

​महाधिवेशनले मुलुकको पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको विश्लेषण गर्दै २१ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। जसमा भनिएको छ

‘​अराजकता र घेराबन्दीको सामनाः पार्टी र नेतृत्व विरुद्ध भइरहेका नियोजित प्रहार र सामाजिक अराजकतालाई वैचारिक र सांगठनिक रूपमा परास्त गर्ने।

​अर्थतन्त्रको सुधारः मुलुकको धरासायी बन्दै गएको अर्थतन्त्रलाई जोगाउन ‘उत्पादन र रोजगारी’मा केन्द्रित हुने।

​राष्ट्रिय स्वाधीनताः देशको सिमाना, सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि दृढतापूर्वक उभिने।

​३. ‘कलर रिभोलुसन’ र प्रविधिमाथि निगरानी

​अपानिको उपबुँदामा उल्लेख भए अनुसार, एघारौं महाधिवेशनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले प्रविधिको प्रयोग गरी ‘कलर रिभोलुसन’ मार्फत् नेपालमा अस्थिरता निम्त्याउन खोजेको ठहर गरेको छ। यसको प्रतिवाद गर्न सूचना प्रविधि र सामाजिक सञ्जाललाई पार्टीको ‘कोर कार्यक्षेत्र’ बनाउने निर्णय भएको छ।

​४. नयाँ नेतृत्व र ‘मिसन २०८४’को आधार

​महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गर्दै आगामी निर्वाचन (मिसन २०८४) मा एमालेलाई पहिलो र बहुमतप्राप्त शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

महाधिवेशनले पारित गरेका दस्तावेजहरूलाई अबको ६ महिनाभित्र तल्लो तहसम्म पुर्‍याउन ‘विशेष प्रशिक्षण अभियान’ सञ्चालन गरिने निर्देशनमा उल्लेख छ।

​५. नीति अनुसन्धान र विज्ञतालाई प्राथमिकता

​पार्टीलाई आधुनिक र थप प्राज्ञिक बनाउन ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’लाई सक्रिय बनाउने र यसलाई पार्टीको नीति निर्माणको मुख्य केन्द्र बनाउने निर्णय महाधिवेशनले गरेको छ।

यही सिलसिलामा महाधिवेशनमा पराजित भएका तर अनुभवी नेताहरूलाई पनि विशिष्ट जिम्मेवारी दिएर सँगै लैजाने नीति लिइएको भनिएको छ।

​६. प्रतिरोधी दस्ता र जनपरिचालन

​राजनीतिक अस्थिरता र ध्वंसात्मक गतिविधि रोक्न महाधिवेशनले दिएको म्यान्डेट अनुसार देशभर ‘राष्ट्रिय स्वयंसेवक फोर्स’ र टोल(टोलमा सुरक्षा समिति बनाउने कार्यलाई तीव्रता दिइनेछ।

अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले एघारौं महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई ‘नेपाली क्रान्तिको नयाँ प्रस्थान बिन्दु’ भएको बताएका छन्।

अपानिमा महाधिवेशनले तय गरेको कार्यदिशा अनुसार अबको सम्पूर्ण शक्ति संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा केन्द्रित गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ९ : ५९ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान