नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात « Khabarhub

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले ०६५ मंसिर १ गतेको मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको छ । त्यस्तै २०२१/२२ सालको सर्भे नापी नक्सा पनि झिकाउने आदेश दिएको छ ।

त्यस्तै बहाव क्षेत्र निर्धारण गरेको रावल आयोग (२०५२) को प्रतिवेदन, काठमाडौं उपत्यकाको वाग्मती, विष्णुमती तथा अन्य सहायक नदीहरूको दायाँबायाँ बनाइएको सडकको सीमा निर्धारणसम्बन्धी आधारलगायतका कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १० : २० बजे

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

काठमाडौं- जेन-जी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका सुधन गुरुङले आगामी

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य

काठमाडौंका ९ सभापतिद्वारा विशेष महाधिवेशन अवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी 

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको विरोधमा काठमाडौंका ९ जना

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको