‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’ « Khabarhub

‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’

गगनले सुनाए बदलिएको कांग्रेसको स्वास्थ्य योजना


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसको स्वास्थ्य योजना सुनाएका छन् । सामाजिक सञ्जालमा सक्रिय थापाले भिडियो सन्देश जारी गर्दै पार्टीको स्वास्थ्य योजना सुनाएका हुन् ।

बीमाको कार्यक्रमलाई सफल बनाउन एकीकृत गर्नुपर्ने आवश्यकता भएको र कुनै पनि नेपालीले पैसा नभएकै कारण उपचारबाट बन्चित हुनु नपर्ने आवस्थाको अन्त्य हुने बताएका छन् ।

‘अहिले बीमाको कार्यक्रम अस्तव्यस्त भएको छ । यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ । यसलाई जुन सोचका आधारमा ल्याइएको हो त्यही आधारमा अगाडि बढ्छ । स्वास्थ्य बीमालाई राष्ट्रिय गौरबको आयोजनामा राख्छौँ’, उनले भनेका छन् ।

सभापति थापाले सबै नागरिकले स्वास्थ्य बीमा गर्नुपर्ने जोड दिएका छन् । सबै स्वास्थ्य कार्यक्रमलाई एकीकृत गर्नुपर्ने र प्रणालीगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।

सभापति थापाले भनेका छन्, ‘पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।’

बीमा गर्दा कसैले उपचारका लागि घरखेत बेच्नु नपर्ने भन्दै उनले स्वास्थ्यका सावालमा सरकारको जिम्मेवारी रहेको बताएका छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १० : १० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका