थापालाई श्रद्धाञ्जली दिन पुगेका कलाकार भावुक (तस्बिरहरू) « Khabarhub

थापालाई श्रद्धाञ्जली दिन पुगेका कलाकार भावुक (तस्बिरहरू)


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा पुर्‍याएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि थापाको शव चलचित्र विकास बोर्डमा पुर्‍याइएको हो  ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण थापाको निधन भएको हो । नेपाली चलचित्रमा खलनायकको भूमिकामा सफल थापा ‘राते काइँला’ को नामले पनि चर्चित थिए ।

लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको परिवारका सदस्य भारतको मुम्बईमा बस्दै आएका छन् ।

आइतबार थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ । उनको श्रद्धाञ्जलीका लागि गौरी मल्ल, विल्सन विक्रम राई लगायतका कलाकारहरू उपस्थित भएका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १२ : ०१ बजे

जनकपुरधाममा आचारसंहिता उल्लङ्घन गर्ने १५०० बढी सामग्री हटाइयो, सबैभन्दा अगाडि रास्वपा

धनुषा– जनकपुरधाम क्षेत्रमा निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थानमा टाँसिएका पोस्टर,

विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा काठमाडौँ, पहिलो कुन ? 

काठमाडौं– काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । 

कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरु गर्दै 

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता

प्रतिनिधिसभा निर्वाचन : काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

काभ्रेपलाञ्चोक- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट

जापानमा ताकाइचीको जितको अपेक्षा

टोकियो– जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकाङ्क्षी रूढीवादी राजनीतिक