कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरु गर्दै  « Khabarhub

कांग्रेसको चुनावी नीति : ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरु गर्दै 


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम सुरु गर्ने भएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ ।

`फागुन २१ का लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ /उसले खट्ने त्यहाँ´ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।´ निर्णयमा भनिएको छ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला / क्षेत्र / पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरु सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ।

यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौँ´ उद्घोषका साथ आ-आफ्नै वडामा खट्न कांग्रेसले भनेको छ ।

कांग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आविद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १२ : ५३ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु