सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र « Khabarhub

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । 

यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट सभामुख र उपसभामुख बनेपछि राष्ट्रिय राजनीतिमा यो पटक पनि यो क्षेत्र चर्चा विषय बनेको हो ।

यसपटक पनि प्रमुख दलका नेता तथा पूर्वपदाधिकारी उम्मेदवार रहेकाले निर्वाचनलाई महत्त्वपूर्ण मानिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी भएका थिए । एमालेको सङ्गठनात्मक शक्ति बलियो रहेको यो क्षेत्रमा उनी प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री एवं पूर्वउपसभामुख इन्दिरा रानामगर प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा उनी रास्वपाको समानुपातिकबाट संसद् प्रवेश गर्दै उपसभामुख बनेकी हुन् ।

सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गगेकी रानामगरको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो स्थान हासिल गरेका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी छन् । उनले २०७९ मा सम्पन्न निर्वाचनमा २६ हजार ४५५ मत प्राप्त गरिन् । 

नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सरिता प्रसाईं र नेपाली कम्युनिष्ट पार्टीकी नेत्री एवं पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा छन् ।  अघिल्लो निर्वाचनमा रहेको दलगत गठबन्धन यसपटक नरहेकाले मत विभाजनको सम्भावना देखिएको छ ।

बिर्तामोड र अर्जुनधारा नगरपालिका, कनकाइ नगरपालिकाका दुई वडा तथा बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा-२ मा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । तीमध्ये १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अकलबहादुर तामाङ, अमृता लावती, अर्जुनकुमार पाण्डे, इन्दिरा राना मगर, केशवकुमार भण्डारी, चन्द्रकुमारी गारु, चुडाकर्ण बेघा, तिलबहादुर राई, देवराज घिमिरे, धर्माशिला चापागाईं, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामीमगर, डा युवराज सङ्ग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र  सरिता प्रसाईंसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  १ : ४५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग