मधेसी आयोगद्वारा सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस « Khabarhub

मधेसी आयोगद्वारा सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेसी आयोगले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको सातौँ वार्षिक प्रतिवेदन मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष प्रस्तुत गरेको छ । 

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष जीवछ साहले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आव २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

प्रतिवेदनमा मधेसी समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, समावेशी विकास तथा नीति निर्माणका क्षेत्रमा आयोगले गरेका कामकारबाहीलाई विस्तृत रूपमा समेटिएको छ । 

कार्यक्रममा प्रदेश प्रमुख कर्णले मधेसी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले प्रतिवेदनमा समावेश गरिएका सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिवेदनले मधेसी समुदायको समग्र विकास, अधिकार प्रवर्द्धन तथा राज्यका नीति र कार्यक्रमलाई थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास लिइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए । 

कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, मधेसी आयोगका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  २ : ५० बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको